कालिकोटमा नि:शुल्क स्वास्थ्य शिविर, तीन हजार बढीले लिए सेवा

Apr 13, 2025

कालिकोटमा नि:शुल्क स्वास्थ्य शिविर, तीन हजार बढीले लिए सेवा

कालिकोट- एक एक पाइलाले कालिकोटमा सन्चालन गरेको नि:शुल्क स्वस्थ्य शिविरमा तीन हजार बढीले सेवा लिएका छन्।

३४ औं पाइला अन्तर्गत कर्णाली प्रदेशको कालिकोटमा चैत्र २४ देखि २६ गते सम्म चलेको नि:शुल्क स्वस्थ्य शिविरमा ३ हजार ४३६ जना ले सेवा प्राप्त गरेका हुन्।  नरहरिनाथ गाउँपालिका र एक एक पाइलाको सहकार्यमा संचालित उक्त शिविरमा एक एक पाइला फाउन्डेसनबाट करिब ४५ जना विशेषज्ञ सहितको स्वास्थ्य टोली सहभागी थिए। कालिकोट जिल्ला आफैमा पछाडी परेको र स्वास्थ्यको सुचाङ्कमा तल रहेको कारण एक एक पाइला र स्थानीय सरकार बिच विशेषज्ञ स्वास्थ्य कार्यक्रमको लागि सहकार्य भएको हो।

नरहरिनाथ गाउँपालिका वडा नम्बर ३ कुमाल गाउँ  स्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा सो कार्यक्रम को आयोजना गरिएको थियो।

उक्त शिविरमा  आँखाको उपचार (मोतिबिन्दु शल्यक्रिया निःशुल्क), जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग सेवा, छाला रोग सेवा, दन्त सेवा, नाक, कान, घाँटी रोग तथा शल्यक्रिया सेवा,  हाडजोर्नी तथा जोर्नी सम्बन्धी सेवा लगायत १५ बढी स्वास्थ्य सेवा प्रदान गरिएको एक एक पाइलाले जनाएको छ।

तीन दिनको सेवालाई मधयनजर गर्दा आगामी दिनमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलुक कार्यक्रम, स्वास्थ्य पहुचको दिगोपना संगै जनस्वास्थ्यका कार्यक्रमलाई अगाडी लैजानुपर्ने देखिएको एक एक पाइलाले जनाएको छ।

 

News Link : 

https://swasthyakhabar.com/story/59644?fbclid=IwY2xjawMVRbxleHRuA2FlbQIxMABicmlkETFsYUxLR3VWSUUxT2dla0p4AR4kdKpoxE4Y4E0gDst03pPYHn0D1uBwo_kC8WsH6TEa_OeMqioIZePfzN3byg_aem_WMGTSTgcY0CnlqeT7Rsn2g

स्वास्थ्य खबर पत्रीका बाट साभार

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१

Support us with a contribution and help us make a difference.